आउट ड्रेसरले संस्कृति मान्दैनन् ?

मन्दिरको लाइनमा आउट ड्रेसमा उपस्थित एक महिला साउनको सोमबारको व्रत बसेकी एउटी महिला मन्दिरको लाइनमा हतारिंदै बस्छिन् । आफूभन्दा अघि र पछि लाइनतिर यसो आँखा घुमाउदा देख्छिन् सबै महिलाहरू एउटै साडी र ब्लाउजमा छन् । एकै प्रकारको पहिरनले सजिएका छन् l युवतीहरू पनि एउटै डिजाइनका कुर्ता लगाएका छन् । उनलाई भेडाहरूको भिड्मा बाख्रा पसे जस्तै महसुस भयो । ओ हो ! मैले त सामाजिक संजाल हेरेकै थिइन l
यसपालिको साउने सोमबारको थिम के थियो ? उनले सयौं थुङ्गा गाइरहेको स्कुलको एउटा लाइनमा अचानक आफू बिना ड्रेस उपस्थित भएको महसुस गर्छिन् । सैनिक र प्रहरीको परेडमा बिनाबर्दीको हुनुको अनुभूति गर्छिन् l लाइनमा भएका ती ड्रेसधारी आँखाले उनलाई बिचरा कठै भन्दै हेरिरहेका छन् l उनले पाँच सयको साडी कुर्ता र ब्लाउज नलगाए पनि पूरा शरीर छोप्नेगरी दुई हजारभन्दा माथि पर्ने कुर्ता लगाएकै थिइन्, तर पनि संकुचित मन र सस्तो धन भएको आँखाले उनलाई बिचरी नै देख्यो । कुरो साउन र तिजको मात्र हैन अहिले घरमा हुने विवाह व्रतबन्ध अन्य चाडपर्वमा पनि सेम ड्रेसको लहर चलेको हुन्छ । सबै ठाँउ ड्रेस मिलाउदै हिंड्न कसैलाई हैसियतले दिदैन्, कसैलाई समयले l पहिरनको विभेदले मान्छेसँगै त छन् तर साथमा भएको अनुभूति हुन् छोडेको छ l सँगै भएर पनि साथमा नभएको भान भएको छ l सम्बन्धमा एक किसिमको दुरी ल्याइदिएको छ । ड्रेसको कारण दरार पैदा गराएको छ l
म सम्झन्छु डा.नवराज लम्सालले सधैं भन्नू हुन्छ: ‘म भाइ पुस्ताले उठाएको / बनाएको साहित्यकार हुँ l’ पुस्ताको प्रसङ्ग आउँदा जब जब चाडपर्व आउँछन्,अझ भनौ महिला विशेष पर्व आउँछन् तब मेरो दिमागमा अर्को बिचार आउँछ यो भाउजू र दिदि पुस्ताले बिगारेको समाज हो ।
हाम्रो संस्कार र संस्कृतिप्रतिको आस्था र विश्वासभन्दा बढी व्यापार बढेको छ, अनावश्यक कुरामा प्रतिष्पर्धा चलेको छ l देखावटीपन र खर्चालु प्रवृत्तिले आफ्नो आर्थिक अवस्थाको सीमा नाघेको छ l यो त्यही दिदी र भाउजू पुस्ता हो जस्ले जेठानी देउरानी र सासुलाई ड्रेस लगाउन सिकाउँदैछ र दिदी पुस्ताले आप्ना बैनी र भदैनीहरूलाई ड्रेस लगाउन सिकाउदै छ । चाडपर्वको ड्रेस कोड बनाएको छ l बेला बेलाका भाइरल लुगा, चप्पल,काँटा लगायत जतिपनि पहिरन र शृंङ्गारिक सामानहरू छन् सबैको बेचबिखन पनि दिदी र भाउजू पुस्ताले गरेको छ र किनमेल गर्ने कामपनि त्यही दिदी र भाउजू पुस्ताले गरेको छ यति मात्र हैन पुरुषहरूलाईपनि ड्रेस लगाउन बाध्री पार्ने काम यहि पुस्ताले गर्दैछ । तर हामीले सोच्न त पर्ने हो नि कोही हाम्रो समूहमा भएर पनि एक्लो महशुस त गरिरहेको छैन ?
अहिले प्रत्येक चाडपर्वहरूमा तीन थरी मान्छे भेटिन्छन् . ..एउटा बुढयौली समूह जसले आफ्नो समय र अहिलेको समयको तुलना गर्दै आप्नो विचार साटासाट गरिरहेका हुन्छन्, एउटा समूह हुन्छ जस्ले त्यहाँ उपस्थित सबैको ख्याल गरिरहेको हुन्छ ,आउनेहरूको स्वागत र जानेहरूको बिदाई गरेर र अर्को समूह छ उस्तै ड्रेस (सेम) ड्रेसवाला जसले आफूलाई विशिष्ट देखाउदै सेल्फी र टिकट्कमा व्यस्त राख्दछ । हाम्रो सामाजिक र पारिवारिक सम्बन्धमा दुरी पैदा गर्ने काम गर्दैछ आलङ्कारिक सामाग्रीहरूले हामी सधैं फोटो र टिकट्कमा व्यस्त हुन्छौ भने हाम्रो परम्परालाई कसरी ग्रहण गर्न सक्छौ ? हामीले हाम्रा मागल, फाग, रत्यौली,गीत, भजन, लोकगीत,लोककथा संस्कारलाई कहिले र कसरी अगाडि बढाउन सक्छौ होला त ? बजारमा आउने सबै सामग्री सबैका लागि र सधैंका हुदैनन् पनि, तर हाम्रो परम्परागत मौलिक पन आफ्नो पन र आफ्नो स्वत्व जन्म जन्मका लागि हुन्छन् र बाँच्छन् l परम्पराका राम्रा कुरा बचाउनु सबैको दायित्व र कर्तव्य भित्र पर्छ l नकारात्मकताको सकार र सकारात्मकताको नकार संस्कृति र परम्पराको परिमार्जित रूप हो l
आफूलाई अत्याआवश्यक पर्ने सामग्री किनौ र त्यसको सही उपयोग गरौं । धर्म संस्कारको पालन विधि विधान र आत्मद्वारा गरिन्छ नकि लुगा र गरगहनाले ? सस्तो हैन, संस्कारी बनौ l चाडपर्वको महत्त्व बुझौं आफ्ना धर्म संस्कारहरू अवलम्बन गरौं l कसैको दबाब र प्रभावमा पर्नुभन्दा अघि आफूले मनाइरहेका र मनाउने चाडपर्वको महत्त्व बुझौ । हाम्रा चाडपर्व, परम्परा, वैभव, धरोहर,संस्कृति,सम्पदा र पहिचान हुन् l
प्रतियोगिताका लागि करिब ६ लाख रुपैयाँ खर्च हुने आयोजकको भनाइ छ।
आजको मानव जातिले आधुनिक खोज अनुसन्धानका साथै पुराना ती सम्पत्तिहरूलाई पेटेन्ट राइट्सका रुपमा संरक्षि...
उसको सम्बोधनमा जुन प्रियता र आनन्द थियो त्यति आनन्द नामको सम्बोधनमा पाइन्नथ्यो l