सानिमा बैंकको सीईओमा पवनकुमार आचार्य नियुक्त

अकबरे
२६ कार्तिक २०८२, बुधबार

२५ कात्तिक, काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवनकुमार आचार्य नियुक्त भएका छन् ।

सोमबार साँझ बसेको सञ्चालक समिति बैडकले आचार्यलाई माघ १२ गतेदेखि लागु हुनेगरी ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको हो ।

आचार्य हाल सानिमा बैंककै डेपुटी सीईओ हुन् । हालका सीईओ निश्चलराज पाण्डेको कार्यकाल माघ ११ देखि सकिँदैछ ।

आचार्यले २०६० सालमा बैंक स्थापनादेखि नै कार्यरत रही बैंकिङ क्षेत्रमा २१ वर्ष लामोे अनुभव संगालेका छन् । यसअघि पनि बैंकका दश विभागमा उनले विभागीय प्रमुखका रुपमा अनुभव बटुलेका छन् ।

कर्जा मुल्याङ्कन, डिजिटलाइजेसन तथा परियोजना लगानीमा विज्ञ रहेका उनी सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटल सञ्चालक समितिमा अध्यक्षका रुपमा कार्यरत छन् ।

आचार्यले अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर हासिल गरेका छन् ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI