ताप्लेजुङका २ एमाले नेताले बुझाए स्पष्टीकरण, कारबाही फुकुवा हाेला ?

अकबरे
२६ मंसिर २०८२, शुक्रवार

काठमाडौं । नेकपा एमाले ताप्लेजुङका २ नेताले  स्पष्टीकरण बुझाएका छन् ।

कोशी प्रदेश कमिटीले महाधिवेशन प्रतिनिधि छनौटको बेलामा कारबाही गरेका २ नेताले शुक्रबार स्पष्टीकरण बुझाएका हुन् ।

महाधिवेशन प्रतिनिधि छनौट प्रकृयामा गत मंसिर ६ गते नेताद्वय एमालेका  कोशी प्रदेश कमिटी सल्लाहकार बलबहादुर साम्सोहाङ र  कोशी पर्यटन विभाग सचिव मणिशङ्कर पोमुले निर्वाचन कमिटी संयोजक राम चुडाललाई साङ्घातिक हमला तथा निर्वाचन प्रकृयामा अवरोध गरेको भन्दै प्रदेश कमिटीले पार्टी सदस्यताबाट निलम्बन साथै जिम्मेवारीबाट मुक्त गदै १५ दिन भित्र स्पष्टीकरण बुझाउन पत्र काटेको थियो ।

सोही पत्रका आधारमा शुक्रबार १४ दिनमा स्पष्टीकरण बुझाइएको बताईएको छ ।

स्पष्टीकरण एमाले प्रदेशको ईमेल साथै प्रदेश अध्यक्ष र प्रदेश सचिवको वाट्सएपमा पठाईएको कारबाहीमा परेका नेता पोमुले बताए ।

 


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI