लिनले आईपीएलदेखि बिग बास लिगसम्मको अनुभव बटुलेका छन् । उनी विशेषगरी आक्रमक सुरुवात दिलाउने ब्याटरको रुपमा चिनिन्छन् । उनले आईपीएलमा धेरै समयमा कोलकता नाइट राइडर्सबाट खेलेका थिए । यस्तै बिग बास लिगमा ब्रिसबेन हिटको कप्तानी समेत गरिसकेका छन् ।
अब टीयू मैदानमा उनको ब्याटिङ हेर्न नेपाली समर्थक आतुर छन् । उनी जस्तै अर्का आक्रमक ब्याटर जोस ब्राउन पनि यस टिममा छन् । सुदूरपश्चिमको ब्याटिङमा अब अस्ट्रेलियन फ्लेभर देख्न पाइन्छ ।
यी दुई खेलाडीको ब्याटिङ अनि न्यजुलियाण्डका स्कट कुगेलेइनले पेस बलिङले सुदूरपश्चिमको प्रदर्शन कस्तो होला हेर्न बाँकी छ ।
घरेलु खेलाडीहरूको वर्चस्व
सुदूरपश्चिम रोयल्स सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने टोली हो । यस टिममा पहिलो सिजन देखि नै त्यहाँका स्थानिय खेलाडीहरू धेरै थिए । कप्तान तथा मार्की दीपेन्द्र सिंह ऐरी नै त्यही प्रदेशका हुन् ।
दोस्रो सिजनमा झन् धेरै खेलाडी सुदूरपश्चिमले आफ्नै क्षेत्रबाट समेटेको थियो । रिटेन गरिएका दीपेन्द्रसँगै विनोद भण्डारी, नरेन साउद त्यही क्षेत्रका हुन् । अविनाश बोहरा पनि छिमेकी प्रदेश कर्णालीका हुन् ।
यस्तै दोस्रो सिजनका लागि सुदूरपश्चिमले अक्सनबाट आफ्नै क्षेत्रका खेलाडीहरू अनुबन्ध गर्यो । जसमा मिडियम पेसर हेमन्त धामी देखि दीपक बोहरा, मिलन बोहरा, टेक रावत र दीपेन्द्र थापा छन् ।
यी सबै खेलाडीले घरेलु क्रिकेटमा सुदूरपश्चिमको टिमबाट खेलिसकेका छन् । सुदूरपश्चिमको टिममा यस पटक विदेशी खेलाडीलाई छाड्ने हो लगभग सबै खेलाडी आफ्नै प्रदेशबाट छन् । आरिफ शेख (मधेश प्रदेश) र इशान पाण्डे (बागमती प्रदेश) दुई खेलाडी मात्र अन्य प्रदेशका हुन् ।
यस्तै अबिनाश बोहराको जिल्ला सल्यान कर्णाली प्रदेश भएपनि यो धनगढी जिल्लासँगै जोडिएको छ । यस्तै स्थानिय ट्यालेन्ट हन्टबाट सुदूरपश्चिमले मिडियम पेसर हिक्मत महरालाई टोलीमा समावेश गरेको छ ।
पहिलो सिजनको प्रदर्शन
सुदूरपश्चिम रोएल्सले पहिलो सिजन उत्कृष्ट प्रदर्शन गरेको थियो । लिग चरणमा ७ मध्ये ६ खेल जितेर शीर्ष स्थानमा रहेको सुदूरपश्चिम फाइनल पुगेको थियो । तर निर्णायक खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएपछि पहिलो सिजन उपविजेता बन्यो ।
दीपेन्द्रसिंह ऐरी देखि घरेलु क्रिकेटमा अनुभवी विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अविनाश बोहरा देखि स्थानिय युवा प्रतिभावाना खेलाडीहरू टिममा थिए । यस्तै स्कट कुगेलइन, सैफ अली जैव, हर्मित सिंह जस्ता विदेशी खेलाडीको साथ सुदूरले पहिलो सिजन सन्तुलित प्रदर्शन गरेको थियो ।
पहिलो सिजन सुदूरपश्चिमले कूल ९ खेल खेल्दा लिग चरणमा चितवन राइनोजसँग ३३ रन र फाइनलमा जनकपुर बोल्ट्ससँग मात्र पराजित भएको थियो ।
लिगमा सुदूरपश्चिमले जनकपुर बोल्ट्सलाई ७२ रनले र क्वालिफायर वानमा ८ विकेटले पराजित गरेको थियो । फाइनलमा जनकपुरले दुई हारको बदला लिँदै सुदूरपश्चिमलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।
पहिलो सिजन सुदुरपश्चिमबाट खेलेका इंग्लिस अलराउण्डर सैफ अली जैब बेस्ट प्लेअर घोषित भएका थिए । यस्तै कप्तान दीपेन्द्रसिंह ऐरी नेपाली खेलाडीमा उत्कृष्ट हुँदै कार पुरस्कार जितेका थिए ।
पहिलो सिजन सैफ जैबले २७५ रन बनाएका थिए । उनी सर्वाधिक रन बनाउनेमा चौथो स्थानमा थिए । यस्तै सुदूरपश्चिमबाट खेलेका स्कट कुगेलेइनले सर्वाधिक १७ विकेट लिएका थिए ।
सुदूरपश्चिम रोयल्स टिम
रिटेन गरिएका खेलाडी : दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अविनाश बोहरा, नरेन साउद
अक्सनबाट अनुबन्ध भएका खेलाडी : हेमन्त धामी, दीपक बोहरा, मिलन बोहरा, दीपेन्द्र थापा, टेक रावत
ट्यालेन्ट हन्ट : हिक्मत महरा
मुख्य प्रशिक्षक : जगत टमाटा


अकबरे
प्रतिक्रिया दिनुहोस