सापकोटाद्वारा जाजरकोटको विद्यालयलाई सहयोग
जाजरकोट । एनआरएनए बेल्जियमकी पूर्व अध्यक्ष सिता सापकोटा जाजरकोटको नलगाड नगरपालिका–४, बाउसेखोला स्थित श्री ज्ञानोदय प्राथमिक विद्यालयमा तीन कोठे पक्की भवन र दुईवटा पक्की शौचालय निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेकी छन्।
सापकोटाले करिब ३० लाख रुपैयाँ खर्च गरेर विद्यालयका लागि पक्की भवन निर्माण गरेकी हुन्। बेल्जियममा रहेर पनि आफ्नो देश र जनताको सेवा गर्ने उद्देश्यले आफूले यो सहयोग गरेको उनको भनाइ छ ।
हालै आयोजित विद्यालय हस्तान्तरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक–शिक्षिका र अभिभावकहरूको उपस्थिति रहेको थियो। सो अवसरमा सापकोटाले विद्यालयका विद्यार्थीहरूलाई ७७ सेट न्यानो लत्ता–कपडा र विद्यालय प्रशासनका लागि एक थान ल्यापटप समेत प्रदान गरेकी थिइन् ।
सो कार्यक्रममा हालका एनआरएनए बेल्जियमका अध्यक्ष कमल पन्थीसहितको टोली सापकोटासँगै जाजरकोट पुगेको थियो।


अकबरे
प्रतिक्रिया दिनुहोस