एमाले महाधिवेशन: उद्घाटन सत्रमा विदेशी दलका प्रतिनिधि सहभागी नहुने

एमाले महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ ।

अकबरे
१६ मंसिर २०८२, मंगलबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा विदेशका राजनीतिक दलका प्रतिनिधिहरू सहभागी नहुने भएका छन् ।

छोटो समयमा नै महाधिवेशन गर्नुपरेकाले यसपटक विदेशका मैत्री तथा भाइचारा सम्बन्ध भएका राजनीतिक दललाई नबोलाउने निर्णय भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

“महाधिवेशनको समय छोटो समयमा नै तोक्यौँ । समय कम भएकाले उहाँहरूलाई नबोलाउने निर्णय गरेका हौँ,” उनले भने, “महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना सन्देशमा भने आउने छ ।”

यसअघि एमालेले चीन, भारत, भियतनामलगायत मैत्री तथा भाइचारा सम्बन्ध भएका करिब ५० राजनीतिक दललाई महाधिवेशनको उद्घाटन सत्रमा अतिथिका रूपमा बोलाउने गरेको थियो । एमाले महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI