एमाले केन्द्रीय कमिटीमा १५ प्रतिशत युवालाई छुट्याउन योगेशको प्रस्ताव

शुक्रबार बसेको सचिवालय बैठकमा भट्टराईले युवालाई नेतृत्वमा ल्याउन कञ्जुस्याईँ गर्न नहुने प्रस्ताव गरेका हुन् ।

अकबरे
२६ मंसिर २०८२, शुक्रवार

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले केन्द्रीय कमिटीमा १५ प्रतिशत युवा कोटा छुट्याउनुपर्ने प्रस्ताव राखेका छन् ।

शुक्रबार बसेको सचिवालय बैठकमा भट्टराईले युवालाई नेतृत्वमा ल्याउन कञ्जुस्याईँ गर्न नहुने प्रस्ताव गरेका हुन् ।

एमालेले प्रतिनिधि छनोटमा ४० वर्ष मुनिका युवालाई कोटा छुट्याएको थियो ।

अब केन्द्रीय कमिटीमै ४० वर्ष मुनिका युवालाई १५ प्रतिशत छुट्याउनुपर्ने प्रस्ताव राखेका हुन् ।

‘केन्द्रीय कमिटीमा युवाको संख्या बढाउन १५ प्रतिशतको प्रस्ताव गर्नुभएको छ, तर निर्णय भएको छैन,’ बैठक स्रोतले भन्यो ।

प्रतिनिधि संख्या समेत युवाहरुको धेरै भएकाले उदार भएर सोच्नुपर्ने भट्टराईको प्रस्ताव छ ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI