एमाले महाधिवेशन उद्घाटनस्थलमा कडा सुरक्षा, कुकुरसहित प्रहरी परिचालन
काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्घाटन समारोह स्थलमा कडा सुरक्षा व्यवस्था गरिएको छ। उद्घाटन समारोहको सुरक्षाका लागि विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरिएको हो।
विस्फोटक पदार्थ तथा हतियार सुँघेर पत्ता लगाउने कुकुर र बम डिटेक्टर उपकरणसहितका प्रहरी बिहानैदेखि मञ्च तथा समारोह स्थल वरपर परिचालित छन्। सुरक्षाका दृष्टिले प्रहरीले कार्यक्रम स्थलमा कुकुर डुलाउँदै निगरानी बढाएको छ।
अरनिको राजमार्गसँगै जोडिएको भक्तपुरको सल्लाघारीस्थित सार्वजनिक जग्गामा महाधिवेशनको उद्घाटन समारोह हुँदैछ। एमालेका अनुसार उद्घाटन समारोह आज मध्याह्न १२ बजेदेखि सुरु हुनेछ।


अकबरे
प्रतिक्रिया दिनुहोस