लम्बिने भयो एमालेको ११औं महाधिवेशन

हिजो भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशन आजबाट भृकुटिमण्डपमा बन्दसत्र सुरु भएको छ ।

अकबरे
२८ मंसिर २०८२, आइतबार

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशन लम्बिने भएको छ । हिजोदेखि सुरु भएको महाधिवेशन २९ गतेसम्मका लागि तय भएको थियो ।

तर, महाधिवेशनको अवधि लम्बिने भएको हो । केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार, पुस १ गते दिउँसो ११ बजेबाट मतदान तय भएको छ ।

मतदान १ गतेलाई तोकिएसँगै महाधिवेशनको अवधि पनि लम्बिने देखिएको हो । यद्यपि नेताहरूले सहमतिको प्रयास भइरहेको बताएका छन् ।

हिजो भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशन आजबाट भृकुटिमण्डपमा बन्दसत्र सुरु भएको छ ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI