नेतृत्व चयनका लागि एमालेमा आज मतदान

८० वटा विद्युतीय भोटिङ मेसिन मतदानका लागि प्रयोग गरिने ।

अकबरे
१ पुष २०८२, मंगलबार

काठमाडौं । एमालेको ११ औं महाधिवेशन अन्तर्गत आज मतदान हुँदै छ । दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म मतदानको कार्यतालिका छ ।

महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन मतदानका लागि प्रयोग गरिने भएको छ ।

महाधिवेशनमा १०० वटा मेसिन ल्याइए पनि ८० वटा मेसिन मतदानका लागि प्रयोग गरिने एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिए ।

सुब्बाका अनुसार एक जना मतदातालाई मतदान गर्न कम्तीमा २५ देखि ३० मिनेट लाग्ने छ । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि सहभागी छन् ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI