ओलीको साथ छोड्दै ईश्वर प्यानलको सचिवमा समेटिए अग्नि खरेल

अकबरे
१ पुष २०८२, मंगलबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको धेरै पटक कानुनी र राजनीतिक तथा मानवअधिकार मामिला सल्लाहकार समेत रहेका पूर्वमन्त्री अग्नि खरेल ईश्वर पोखरेल प्यानलमा पुगेका छन् ।

ओली प्यानलबाट पदाधिकारी नपरेपछि सचिवमा उम्मेदवारी दिएका खरेललाई पोखरेल प्यानलले समेटेको छ । स्थायी कमिटी सदस्य रहेका खरेल सचिवका दाबेदार थिए ।

उनले उपमहासचिव भन्दा तल प्यानल नबनाउन ओलीलाई आग्रह गरेका थिए ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI