एमालेले विधान संशोधन नगर्ने

अकबरे
२६ मंसिर २०८२, शुक्रवार

काठमाडौं । नेकपा (एमाले)ले विधान संशोधन नगर्ने निर्णय गरेको छ ।

आज पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि उपहासचिव प्रदीप ज्ञवालीले विधान संशोधन नगरिने जानकारी दिए ।

भदौ २०–२२ मा भएको विधान महाधिवेशनबाट पारित विधान नै कायम राख्ने निर्णय भएको हो ।

अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव गरी १५ सदस्य रहने व्यवस्था विधानमा छ ।

पदाधिकारीको संख्या थपिने चर्चा भएको थियो ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI