विवेक यादवको स्थानमा सुमित महर्जनले लुम्बिनीबाट एनपीएल खेल्ने
२५ कात्तिक, काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि विवेक यादवको स्थानमा सुमित महर्जनलाई समावेश गरेको छ ।
पहिलो सिजन विवेक यादवले लुम्बिनी लायन्सबाट खेलेका थिए । उनीसँगै अन्य पाँच खेलाडीलाई दोस्रो संस्करणको एनपीएलका लगि रिटेन गरिएको थियो ।
तर विवेक हाल चोटको शल्यक्रियापछि आराम गरिरहेकोले उनले दोस्रो सिजन खेल्ने छैनन् । उनको स्थानमा सुमित महर्जनलाई टिममा समावेश गरिएको हो । सुमितले गत सिजन काठमान्डु गोर्खाजबाट खेलेका थिए।
एनपीएलको टेक्निकल कमिटीले यस प्रतिस्थापन स्वीकृत गरिसकेको छ । विवेक यादवलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दै लुम्बिनीले चाँडै फिट भएर मैदानमा हेर्न पाइने विश्वास व्यक्त गरेको छ।
नेपालको उमेर समूहबाट खेलिसकेका र घरेलु क्रिकेटमा अनुभव बटुलिसकेका सुमित महर्जनको आगमनले टिमलाई सहयोग पुग्ने विश्वास लुम्बिनीले राखेको छ ।
लुम्बिनी लायन्सले दोस्रो सिजनका लागि आईपीएल विजेता प्रशिक्षक रोबिन सिंहलाई मेन्टर तथा भारतीय क्रिकेट टिमका पूर्व खेलाडी टिनु योहान्नानलाई अनुबन्ध गरेको छ ।
लुम्बिनी लायन्स टिम
रोहित कुमार पौडेल, सन्दिप जोरा, सुमित महर्जन, दिनेश अधिकारी, अभिशेष गौतम, तिलक भण्डारी, दुर्गेश गुप्ता, दिलिप नाथ, शेर मल्ल, आदिल खान, विशाल पटेल
विदेशी खेलाडी : डार्शी सर्ट, थोमस ड्राका, गुल्बादिन नइब
मेन्टर : रोबिन सिंह
मुख्य प्रशिक्षक : टिनु योहान्नान
कन्सलट्यान्ट प्रशिक्षक : शक्ति गौचन
सहायक प्रशिक्षक : सुवास खकुरेल


अकबरे
प्रतिक्रिया दिनुहोस